Logo
१५ चैत्र २०८०, बिहीबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्यासट्र्याग सगरमाथा भन्दै सुधीर चौधरी भन्छन् : “यो मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण सेल्फी हो”

भारतीय न्युज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले #सगरमथा भनी एउटा भिडियो सेल्फी जारी गर्दै त्यसलाई जीवनकै महत्वपूर्ण सेल्फी भएको बतएका छन् ।

विश्वको सर्वोच्च शिखर नेपालको सगरमाथा उल्लेख गर्दै त्यसको अधार शिविरमा बनाईएको सेल्फीलाई आफ्नो जीवनकै विशेष सेल्फी भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।

#सगरमाथाका साथ ट्विटर र फेसबुकमा एकसाथ उक्त भिडियो पोष्ट गर्दै’ चौधरीले माउन्ट एभरेस्ट समेत भनिने सर्वोच्च शिखर सगरमाथालाई भारतीयले माउन्ट सिकदरको नामले समेत चिन्नुपर्ने आफ्नो अभियान रहेको प्रस्ट्याएका छन् ।

उनले सर्वोच्च शिखरलाई नेपालले सगरमाथा, विश्वले माउन्ट एभरेस्ट भनेझैँ सगरमाथाको उचाईं नापेका भारतीय गणितीज्ञ राधानाथ सिकदरको सम्मानमा भारतले सगरमाथालाई माउन्ट सिकदर भन्दै आफ्नै नामले बोलाउनु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘सगरमाथा जसलाई माउन्ट एभरेस्टले पनि चिनिन्छ, यसलाई भारतले माउन्ट सिकदरको नामले पनि चिनोस्, जहाँबाट मेरो जीवनकै एउटा विशेष भिडियो सेल्फी ।’

केही दिन अघि उनी सगरमाथाको आधारशिविरमा हेलिकोप्टरमार्फत पुगेर उक्त अभियान चलाएका थिए ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्