Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघयितापछि प्रदेश २ बिकास र समृद्धिमा सबैभन्दा अगाडी : मन्त्री सोनल

प्रदेश २ स्थित सरकारका भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले विकास निर्माणमा प्रदेश नम्बर २ ले अन्य सम्पूर्ण प्रदेशलाई पछाडी छोडेको बताएका छन् ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ रमौली लोसन्डा र वडा नम्बर २० बस्डीलवा बीच रहेको दुधौरा नदीमा पुल निर्माणको शिलान्यास गर्दै मन्त्री सोनलले सो कुरा बताएका हुन।

सोनलले हामी बिकासको लागि अहोरात्र खटीरहेका छौ, प्रदेश बासीको चाहना अनुरुप अघि बढदै छौ तर संघीय सरकार विभिन्न बाहाना बाजि गर्दै प्रदेशको बिकास र समृद्धिमा बाधक बनेको बताए ।

उनले भने कर्मचारी सरुवा लगायत विभिन्न बहानामा प्रदेश सरकारलाई पछि पार्ने खेलमा लागेका ओली सरकार अहिले संसद विघटन गरि चुनावको घोषणा गरेर ठूलो घातक काम गरेका छन् ।

सोनलले कुर्सीको लागि प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमले देशलाई आर्थिक भार लाद्ने र बिकासमा अबरोध गर्ने काम गरेकोले त्यस विरुद्ध जनतालाई घर घरबाट निस्केर प्रतिकार गर्न समेत अपिल र आग्रह गरे ।

पुल निर्माणको प्रसङ्गमा बोल्दै मन्त्री सोनलले पुल निर्माणपछि ग्रामिण क्षेत्रका कृषकहरुको उत्पादन शहरी बजारसम्म सजिलै पुग्ने विश्वास व्यक्त गरे ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी सदस्य समेत रहेका मन्त्री सोनलले पुल निर्माण पश्चात जितपुर सिमराका जनतालाई जिल्लाको सदरमुकाम कलैया पुग्न समेत सहज हुने बताए।

दुधौरा नदीमा पुल निर्माण हुनेभएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका स्थानीय हर्षित भएका छन् । पुल नहुँदा वर्षायाममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए ।

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको झन्डै १३ करोड रुपैयाँको लागतमा निर्माण हुनलागेको पुलको मन्त्री जितेन्द्र सोनलले शिलन्यास गरेका हुन।

पुल निर्माणको जिम्मा मकवानपुर जिल्लास्थित हेटौँडाको सपना मेरिना जेभी कन्स्ट्रक्सनले लिएको छ । १ सय मिटर लामो पुल आगामी २०७९ असोज २८ गतेसम्म निर्माण कम्पनिले सम्पन्न गर्ने सम्झौता गरेको उहाँ निकटका रमेश सरार्फले बताए ।

शिलन्यास कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य एकबाल मियाँ, जसपाका नेता घनश्याम गिरि, शिवजी साह, वडा अध्यक्ष रामबाबु पटेल, सरोज पटेल, रसुल मियाँलगायतको उपस्थिति रहेको मन्त्री सोनलका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्