Logo
६ बैशाख २०८१, बिहीबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतै तपाईलाई पनि कोरोना लागेको त छैन ? देखियो नयाँ लक्षण

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभरी फैलिसकेको छ । यसको कारण लाखौ मानिसको ज्यान गइसकेको भने करोडौमानिस यस संक्रमणको शिकार भइरसकेका छन् ।

कोरोना संक्रमित व्यक्तिहरुमा ज्वोरो आउनु, थकाइ लाग्नु, श्वास प्रस्वासमा कमि आउनु, कफ हुनु सामान्य लक्षण हो ।विश्वलाई तनाव ग्रस्त पारेको नयाँ कोरोना भाइरसको लक्षण पत्ता लगाउन सुरुमा निकै गाह्रो भएको थियो ।

तर, अनुसन्धानको क्रममा विज्ञहरुले कोरोना संक्रमित व्यक्तिहरुमा मुखमा समेत खराबी हुने र यो कोरोना लक्षण समेत भएको स्पष्ट पारिएको छ । भाइरसको अनुसन्धानको क्रममा नयाँ लक्षण विज्ञहरुले पत्ता लगाएका हुन् ।

लण्डनस्थीत रहेको किङ्स कलेजका एपिडेमोलोजीस्ट प्रा। टिम स्पेक्टरले नयाँ कोरोना भाइरसको लक्षणलाई सार्वजनिक गर्न सफल भएका छन् । यसमा कोरोना संक्रमणको लक्षण मुख खराब हुँदा पनि हुनसक्न जनाएका छन् ।

प्राय जसो संक्रमितमा मुखमा खराबी देखिएको, जिब्रोमा घाउँ आउने देखिने गर्दछ । यसलाई कोभिड टङ नामाकरण गरिएको छ ।टिमले अनौठौ लक्षण यसलाई भनेका छन् । यो पाँच मध्ये एक व्यक्तिमा हुने जनाइएको छ ।

यसले जिब्रोमा अलसर निम्त्याउन सक्ने पनि विज्ञले जनाएका छन् । जिब्रोमा सेता प्रकारको दाग देखिएको र यो पूर्ण रुपमा कोरोना लक्षण भएको समेत टिमले जनाएको छ ।

कोरोनाबाट निम्तीएको लक्षण स्वतह एक हप्तापछि सामान्य अवस्थामा फर्किने गर्दछ । मुखमा खराबी भएपछि आफू जागरुक भइ स्वतह कोरोना परिक्षण गर्न जरुरी रहेको संक्रमण देखिएमा सेल्फ आइसोलेशनमा बस्नु पर्ने विज्ञहरुले सुझएका छन् ।

मुखमा खराबी देखिएसंगै कोरोनाको अन्य लक्षण ज्वोरो आउनु, सुख्खा खोकी, घाँटी खसखसाउनु, नाक बग्नु, छाती दुख्नु र श्वास प्रसवासमा कमी, पेटमा ग्यास भर्नु, स्वाद नथाहाँ पाउनु किसिमका लक्षण देखिने गर्दछ ।एजेन्सी

 

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्