Logo
११ बैशाख २०८१, मंगलबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाई मोटोपनबाट छुटकरा पाउन चाहानुहुन्छ ? पिउनुस् यी ३ पेयपदार्थ !

अहिलेको बर्तमान समयमा मानिसको जीवन शैलीमा परिर्वतन भएको छ । अहिलेको आधुनिक जीवनशैलीसँगै उनीहरुको खानपिनमा पनि परिर्वतन भएको छ । मानिसहरुको खान पीन गर्ने शैली पनि परिर्वन भएको छ ।

अहिलेका मानिसहरुले अर्गानिक खानालाई छोेडेर कृत्रिम खानामा बढी ध्यान गएको पाइन्छ । अहिले खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

अहिलेको कृत्रिम खानेकुराका कारण तौल बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् ।

त्यसैले तौललाई सन्तुलनमा राखेर स्वस्थ र फिट हुन जरुरी छ । मानिसहरुले आफ्नो तौल घटाउनको लागि धेरै एलोपेथिक औषधी खाने गर्छन् । आज हामी तपाइलाई आफ्नो तौल घटाउनको लागि उपयोगी पिय पदार्थको बारेमा जानकारी दिन गइरहेका छौ ।

बेसार दुध

दुधमा बेसार मिसाएर पिउँदा विभिन्न प्रकारका भाइरल र इन्फेक्शनबाट बचाउँछ । साथै, यसले तौल कम गराउँछ । बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई सफा गर्छ । र दुधले तौल नियन्त्रण गर्छ ।

मेथीको पानी

तौल घटाउनका लागि सबैभन्दा पहिलो उपाय मेथीको पानी हो । हरेक रात सुत्नुभन्दा पहिले भिजाएको मेथीको पानी पिउनुपर्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्छ । र, पूरै शरीरलाई डिटोक्स पनि गराउँछ । यसका लागि एक गिलास पानीमा एक चम्चा मेथी ३ देखि ४ घण्टा भिजाउने र उक्त पानीलाई छानेर सुत्नुअघि पिउने गर्नुपर्छ ।

घिउकुमारीको जुस
घिउकुमारीको जुस थुप्रै प्रकारका रोगको औषधिको रुपमा लिइन्छ । यसले शरीरमा जम्मा भएका बोसोलाई सजिल्यै बाहिर निकाल्छ । यो बजारमा पनि सजिल्यै पाइन्छ । घरमा पनि घिउकुमारीको विरुवा सजिल्यै उमार्न सकिन्छ । घिउकुमारीको पातलाई काटेर भित्रको भाग निकाल्ने र एक गिलास पानीमा मिलाएर सुत्नुअघि पिउने गर्नुपर्छ ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्