Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० नेपालीद्वारा विश्वको दोश्रो अग्लो के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम

पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो केटु हिमालको १० जना नेपाली आरोही टोलीले सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड बनाएका हुन् ।

१० जना नेपाली आरोहीहरुको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको हो । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन ।

सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी एक सदस्यले जानकारी दिएका छन् ।

के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक-फरक तीनवटा आरोहण दलबाट गएका हुन् ।

सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् । विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू के टू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।

निर्मल पुर्जाले नेपाली टीमले विश्वको दोस्रो शिखर केटुमा पहिलो पाइला राखेको सफलता सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले भनेका छन् ‘मानव जातिको इतिहासको हिस्सा भएकोमा हामीलाई गर्व छ । साथ मिलेर र एक सकारात्मक मानसिकताले सीमाहरुलाई पनि तोड्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’

के टू हिमाल आरोहणमा नेपाली टोलीले विश्व रेकर्ड बनाएको छ ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्