Logo
७ बैशाख २०८१, शुक्रबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्वेमा फाइजरको कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

नर्वेमा फाइजरको कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ ।

फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो ।अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो ।

कोरोना खोप लगाएपछि मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताए ।

घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिए ।यता फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसंगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ ।

नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ । नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्