Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्टमाण्डुको ‘तिमी नै तिमी’ नयाँ गीत सार्वजनिक {हेर्नुहोस् भिडियो}

आर्टमाण्डुले नयाँ तिमी नै तिमी बोलको गीतको सार्वजनिक गरेको छ । के माया लाग्छ र?,’तीनपाते’ र ‘याक्थुङ्मा कान्छी’को सफलता पछि आर्टमाण्डुले ‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक गरेको हो । रिकेशगुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो।

‘तिमी नै तिमी’ आर्ट्माण्डुका विगतमा सार्वजनिक भएका गीतर भिडियो भन्दा केही पृथक छ। पहिलेका गीतर भिडियोहरुमा आर्ट्माण्डुले प्रयोग गर्नेगरेका ग्रामिण परिवेष, र गीत मार्फत कथा भन्ने प्रयोग यो गीतमा गरेको देखिदैन। बरु यस गीतमा शहरी परिवेशको प्रेम-भाव झल्काइएको छ, जसमाअञ्जना बरैली र दिपक घिमिरेको अभिनय देख्न सकिन्छ।

गीतको बारेमा आफ्नो धारणा राख्दै गायकर संगीतकार रिकेश गुरुङ्गले भने, ‘बजारमा चल्दै आएका अन्य प्रेम-भाव बोकेका गीत भन्दा ‘तिमी नै तिमी’ किन फरक छ भने यसमा मैले शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेको छु। मलाई आशा छ यो कोशेली दर्शकर श्रोताहरुले पक्कै मनपराउनुहुनेछ।’

त्यस्तै अञ्जना बरैली भन्छिन, ‘मेरो विचारमा ‘तिमी नै तिमी’ मा गीत त भिडियो दुबैले एक अर्कालाई एकदमै साथ दिएका छन्। भिडियो हेर्दा जतिआनन्द आउने खालको छ, गीत उत्तिकै मोहक छ।’

बरैली ज्वेलरी शपले निर्माण गरेको गीतको भिडियो रुपेश थापाको छायांकनमा नितिन चन्दले निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: Jan 15, 2021

प्रतिक्रिया दिनुहोस्