Logo
४ बैशाख २०८१, मंगलबार
(January 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्दै

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीको हैदरावाद हाउसमामा आजबाट सुरु हुँदै छ ।

बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे सुरु हुने छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् ।

भारतीय विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ज्ञवाली र जयशंकरबीच शुक्रबार बिहान ११ बजे भेटवार्ता हुनेछ । आधा घन्टाको औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्नेछ ।

भारतीय समकक्षी डा. जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार उच्च राजनीतिक नेताहरूसँग भेट्ने तयारी छ ।

तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नै नयाँदिल्ली गएका थिए । बैठकमा नेपाल-भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड-१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली हिजो बिहान भारत गएका हुन् । हिजो पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकमा छलफल गर्ने विषयसूची तय गरेका थिए ।

औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गम्भीरताका आधारमा तहगतरूपमा व्यवस्थित गर्ने काम भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

भारतमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्ने चर्चा चले पनि त्यसबारे अहिलेसम्म केही सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: Jan 15, 2021

प्रतिक्रिया दिनुहोस्