Logo
१२ बैशाख २०८१, बुधबार
(January 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाक्लो हुस्सु र कुहिरोको कारण आन्तरिक उडान ठप्प

काठमाडौं उपत्यकासहित तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेकाले आन्तरिक उडान ठप्प भएको छ ।

कुहिरोका कारण भिजिबिलिटी कम भएकाले विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले गर्दा देशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का बर्षा हुने सम्भावना रहेको छ ।

बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ । साथै तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति: Jan 15, 2021

प्रतिक्रिया दिनुहोस्