Logo
१२ बैशाख २०८१, बुधबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुवाकोटको गोरु जुधाई मेला १७ हल गोरु जुधाइयो

माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष जस्तै हालको बागमती प्रदेश स्थित नुवाकोटको तारुकामा गोरु जुधाइ मेला आयोजना गरिएको छ । तारुकाको गोरु जुधाई मेलाले झण्डै डेढ सय वर्षको इतिहास बोकेको छ।

माघे संक्रान्तिमा जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइएको थियो। तारुका गोरु जुधाउने चर्चित स्थानका रुपमा रहेको छ।

यहाँ १७ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्। कोरोना महामारी भए पनि मेलामा ठूलो संख्यामा दर्शक आए थिए। गाउँलेले आ–आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन्।

गोरु जुधाइमा विजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन्।

 

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्