Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘द भ्वाइस अफ नेपाल’मा कोच आस्थाको स्थानमा तृष्णा गुरुङ

‘द भ्वाइस अफ नेपाल’बाट आस्था राउत बाहिरिएकी छन् । गायन रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’मा दोस्रो सिजनमा कोच रहेकी आस्था राउत तेस्रो सिजनमा बाहिरिएकी हुन् ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले समय नमिलेका कारण आस्था बाहिरिएको जानकारी गराएको हो ।

आस्था बाहिरिएसँगै भ्वाइस अफ नेपालको तेस्रो सिजनका लागि गायिका तृष्णा गुरुङ कोचको रूपमा अनुबन्ध भएकी छन् ।

आस्था राउत गएको माघमा त्रिभुवन विमानस्थलमा प्रहरीसँग झगडा तथा फेसबुक लाइभमा आएर प्रहरीलाई गाली गरेका कारण विवादमा तानिएकी थिइन् ।

सोही विवादका कारण पनि आस्था द भ्वाइस अफ नेपालको आउँदो सिजनमा जजको भूमिकामा नदेखिने भएकी हुन् ।

भ्वाइस अफ नेपालमा जोडिन पाएकोमा तृष्णाले खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म यस शोमा जोडिन पाएकोमा निकै खुसी छ । म मेरोतर्फबाट उत्कृष्ट दिनलाई मिहिनेत गर्नेछु ।’

द भ्वाइस अफ नेपाल तेस्रो सिजनमा गायक दीप श्रेष्ठ र प्रमोद खरेल तेस्रो पटक कोच बन्दैछन् । दोस्रो सिजनमा जोडिएका गायक राजु लामा पनि तेस्रो सिजनमा दोहोरिएका छन् ।

पहिलो सिजनमा कोच बनेका सनुप पौडेल र गायिका अभय सुब्बा त्यसपछि दोहोरिएनन् । अहिले द भ्वाइस अफ नेपालको तेस्रो सिजनका लागि डिजिटल अडिसन चलिरहेको छ ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार अबको एक महिनापछि प्रशारण सुरु हुनेछ ।

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्