Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीको तस्बिर नखिच्न फोटोग्राफरलाई विराट-अनुष्काको अपिल

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको जोडीलाई यहि जनवरी ११ मा पुत्री लाभ भएको छ । उनीहरुको परिवारमा थप एक जना सदस्य थपिएको छ ।

अनुष्का शर्माले छोरीलाई जन्माएको जानकारी विराटले सोसल मिडियामा जानकारी दिएका छन् । पहिला पनि नीजि जीवनमा मिडियालाई दखल नदिन अपिल गरिसकेका विराट-अनुष्काले अब फोटोग्राफरसँग उनकी छोरीको तस्बिर नखिच्न अपिल गरेका छन् ।

विराट-अनुष्काले उनकी छोरीको तस्बिर क्लिक नगर्न र उनीसँग सम्बन्धित कुनै पनि सामग्री कभर नगरिदिन अपिल गरेका छन् ।

विराट अनुष्काले एउटा नोट पठाएर फोटोग्राफर समुदायसँग यस्तो अपिल गरेका छन् ।उनिहरुले नोटमा  लेखेका छन् , ‘धन्यवाद त्यो प्रेमका लागि जुन तपाईंहरुरले यत्तिका वर्षसम्म दिनुभयो । हामी तपाईंसँग यो खुसीयाली पलको उत्सव मनाउन पाउँदा निकै खुसी छौं ।’

उनीहरुले लेखे, ‘आमा-बुवा भएको नाताले हामी तपाईंहलाई एउटा सानो अपिल गर्न चाहन्छौं । हामी आफ्नी छोरीको गोपनियताको रक्षा गर्न चाहन्छौं र हामी यसमा तपाईंहरुको मद्दत र समर्थन चाहन्छौं ।’

नोटमा भनिएको छ, ‘तपाईंहरुले सधैं त्यस्तो विषयवस्तु पाउनुहोस् जसमा तपाईंहरुे हामीलाई संसारसामू देखाउन सक्नुहोस् भन्ने आशा गर्छौं । कृपया, तपाईंहरु कुनै पनि विषयवस्तु नलिनुहोस् जसमा हाम्री छोरीलाई देखाइएको होस् ।’

‘तपाईंहरुले यो कुरा बुझ्नुहुनेछ भन्ने कुरा आशा गरेका छौं र हामी यो कुराका लागि आभारी पनि छौं ।’एजेन्सी

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्