Logo
११ बैशाख २०८१, मंगलबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ४४५ नयाँ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

आज नेपालमा ४४५ जना नयाँ कोरोना संक्रमित थपिएको छ । पछिल्लो २४ घन्टामा ४ हजार १५४ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याकंमा उल्लेख रहेको छ ।

आज नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ४१४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका मन्त्रालयले जनाएका छन् । अहिले सम्म नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्