Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट सुदूरपश्चिममा भुवा पर्व सुरु, प्रदेश सरकारले दियो सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेशमा आजबाट प्रसिद्ध भुवा पर्व सुरु भएको छ ।प्रत्येक वर्षको पौष औंसीका दिन मसाल सल्काएर सुरु गरिने पर्वको पौष शुक्ल पुर्णिमा अगावै विधित रुपमा समापन गरिन्छ ।

पर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोकाबली दिने परम्परा रहेको छ ।

पर्वको आकर्षणका रुपमा वाली नाँच, ठाडो भस्सो भारी खेल जस्ता नाँच तथा गायन कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।

कौरव र पाण्डवको युद्धको सम्झनामा ढाल तरवारसहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्व बझाङका विभिन्न स्थानीय तहका ६० बढी गाउँमा रौनक छाएको हो ।

कुरु क्षेत्रको युद्ध सुरु हुनुभन्दा अघि पाण्डवहरु वनवास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखी भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयको सहभागिता जुटाएको किंवदन्ती पाइन्छ ।

‘भुवा’ पर्वकै अवसर पारी सुदूरपश्चिम प्रदेश सरकारले पनि सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्