Logo
१५ चैत्र २०८०, बिहीबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कर्णाली प्रदेश स्थित कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ ।

नरहरिनाथ-७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र ७ वर्षीय छोरा क्रमशः गणेश र मन बहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्