Logo
७ बैशाख २०८१, शुक्रबार
(January 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउने

नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन तयार रहेको रुसले बताएको छ ।

रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको हो।

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन ९२ करोड ५० लाख० डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

केही महिनायता रुसले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ ।

केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका थिए ।

नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति: Jan 13, 2021

प्रतिक्रिया दिनुहोस्