Logo
७ बैशाख २०८१, शुक्रबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट र अनुष्कालाई पुत्रीलाभ, छोरीको पहिलो फोटोले इन्टरनेटमा माया पाउँदै

अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पुत्रीलाभ भएको छ ।हिजो सोमबार आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर दिएका हुन् ।

अनुष्का तथा विराटकी छोरीको जन्म मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा भएको हो।अनुष्काले सोमबार बेलुका छोरीलाई जन्म दिएपछि उनीहरुको छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

विराटका भाइ विकास कोहलीले आफ्नी भतिजीलाई स्वागत गर्दै उनको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन् ।

उनले इन्स्टाग्राममा ब्लाङ्केटबाट निस्किएका साना-साना खुट्टाहरुको फोटो राख्दै लेखेका छन्, ‘‘अत्यन्त हर्षित, घरमा परीको प्रवेश ।”

विकासको यो पोस्टले कम समयमा नै धेरै इन्स्टाग्राम प्रयोगकर्ताको माया पाइरहेको छ । कमेन्टमा विराट र अनुष्काका प्रशंसकहरुले धेरै माया दिइरहेका छन् । जसमा एकजनाले लेखेका छन्, “बधाइ छ । धेरै आर्शीवाद र माया परिवारका लागि । जीवनको नयाँ अध्यायका लागि राजा, रानी र महारानीलाई शुभकामना ।”

त्यस्तै, अर्को प्रशंसकले लेखेका छन्, “एकदमै खुसी छु । छोरीको फोटो हेर्न निकै उत्साहित पनि ।

अनुष्काको डेलिभरीपछि नै विराटले सामाजिक सञ्जालमार्फत् एक विज्ञप्ति जारी गर्दै खुसीको खबर प्रशंसकसामु सेयर गरेका हुन् । जसमा उनले उनीहरुको प्राइभेसीलाई सम्मान गरिदिने छन् भन्ने अपेक्षा पनि राखेको उल्लेख गरेका हुन् ।

विराटले सामाजिक संजालमा लेखेका छन्– ‘हामी दुबै जना निकै खुशी छौ। आज हामीलाई पुत्री लाभ भएको छ । हामी सबैको माया र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छौ। अनुष्का र हाम्री छोरी स्वस्थ छन् र हामी जिन्दगीको नयाँ अध्याय सुरु गर्न जाँदैछौ । यो समयमा हामीलाई थोरै मात्रामा भएपनि गोप्यता चाहिएको छ भन्ने कुरामा तपाइहरु सबै समझदार हुनुहुन्छ भन्ने लागेको छ ।’

तीन वर्षअघि विराट र अनुष्काको विवाह भएको थियो ।एजेन्सी

 

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्