Logo
१३ बैशाख २०८१, बिहीबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म कामचलाउ प्रधानमन्त्री होइन : प्रधानमन्त्री केपी शर्मा ओली (हेर्नुस् भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताएका छन् । भारतीय टेलिभिजन नेटर्वक जी मिडियाको अग्रेजी न्यूज च्यानल भीअनमा एकंर पल्की शर्मा उपाध्यायसँग कुराकानी गर्दे उनले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताएका हुन् ।

एकंर शर्माले प्रश्न गर्दे सोधेकी थिईन -“तपाईलाई के भनेर सम्बोधन गर्ने प्रधानमन्त्री ? की काम चलाउ प्रधानमन्त्री ?” जवाफमा ओलीले भने – “म प्रधानमन्त्री हूँ, कामचलाउ प्रधानमन्त्री होइन ।”

अन्तरवार्ताका क्रममा उनले सन् २०२१ लाई नेपाल र भारतको वीचमा रहेका सबै समस्याहरु हल भएको वर्षको रुपमा घोषणा गरिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले एकै दिन २ ओटा न्यूज च्यानललाई अन्तरवर्ता दिएका हुन् । जी मिडियाको हिन्दी न्यूज च्यानल जी न्यूज र अग्रेजी न्यूज च्यानल भीअनमा उनले छुटाछुटै अन्तरवर्ता दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सन् २०२१ लाई नेपाल र भारतको विचमा कुनै पनि समस्या नरहेको वर्षको रुपमा घोषणा गरिने छ ।’ उनले अगाडि भनेका छन्, ‘स्पष्ट रुपमा भन्दा चीन र भारतसँग कुनै पनि खालका समस्याहरु रहेका छैनन् । भारतसँग एउटा सानो समस्या ९कालापानी० रहेको छ ।’

भारतसँगको सीमा समस्याको सम्बन्धमा प्रधानमन्त्री ओलीले सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको सन् १९६२ मा भारतीय सेना त्यहाँ बसेपछि नेपालको प्रयोगमा ती भूमि नरहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस विषयमा हामीले शान्त वातावरणमा, मिहीन ढंगले र प्रमाणका आधारमा कुराकानी गर्नुपर्छ ।’

अन्तर्वार्तामा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले अस्थीर चरित्र भएको नेता भनेका छन् । प्रचण्डसँगको तपाईंको सम्बन्ध कस्तो छ भनि सोधिएको प्रश्नमा ओलीले भनेका छन्, ‘धेरै राम्रो प्रश्न गर्नु भएको छ । तपाईंले पुष्पकमल दाहाललाई चिन्नु हुन्छ, उनको पृष्ठभूमि, उनको इतिहास तपाईंलाई थाहा छ । उनका गतिविधिहरु वास्तवमा नै प्रजातान्त्रिक छैनन् ।’

उनलाई यो सबै थाहा पाएर पनि किन दुईपटक प्रचण्डसँग मिलेर सरकार बनाउनु भयो भनि प्रश्न सोधिन्छ । त्यसको उत्तरमा ओलीले भनेका छन्, ‘मैले उनलाई कहाँबाट ल्याएँ, मैले उनीसँग संविधान बनाउन सहकार्य गरेँ, उनको चरित्र अस्थीर छ । उनको चरित्रको बारेमा पनि धेरै होसियार थिएँ । अस्थीरता उनको चरित्रको नतिजा हुनसक्छ ।’

उनले प्रचण्ड र माधव कुमार नेपालका पछिल्ला गतिविधिहरुले अचम्मित भएको समेत बताएका छन् । उनले अगाडि भनेका छन्,‘ उहाँहरुको पार्टीमा पोजिसन यथावत रहेको छ । अहिले पनि मेरा दोस्रो अध्यक्ष पुष्पकमल दाहाल नै हुन्, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल नै हुन् ।’ उनले प्रचण्ड र नेपाल पार्टीमा आए क्षमा दिएर स्वीकार समेत बताएका छन् ।

जी न्यूजमा प्रधानसम्पादक सुधिर चौधरीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमा सम्बन्धी कुनै पनि विवाद नरहेको र भारतसँग भने सानो समस्या रहेको र सन् २०२१ मा त्यो पनि समाधान हुने दावी गरेका छन् ।

नेकपा मिलाउनको लागि चीन सक्रिय भएको प्रश्नमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी हाम्रो स्वायत्तता, स्वतन्त्रतालाई प्रेम गर्छौं र हामी कोहीबाट पनि निर्देशन हुन चाहँदैनौ । हामी अरुको निर्देशन मान्दैनौ ।’

उनले देशको आन्तरिक मामिलामा कुनै वाह्य हस्तक्षेप आफूहरुले नचाहेको समेत बताए । भारत र चीनको कार्ड नखेल्ने बताउँदै उनले आवश्यक परे भारत र चीनको विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पनि तयार रहेको बताए ।

ऋण गरेर घिउ खाँदैनौ

चीनको बेल्ट एण्ड रोड परियोजना र त्यसले ल्याउनको ऋणको पासोको सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओली विकासका लागि स्रोत र साधनको आवश्यकता पर्ने र कहिलेकाहीँ ऋण पनि लिनुपर्ने बताए ।

तर कुनै परियोजनाको लागि कुनै ऋण लिँदा सावधानी अपनाउने समेत बताए । उनले भने, ‘ऋण गरेर घिउ खाने हाम्रो सिद्धान्त होइन । तर हामीले केही सहयोग र ऋण चाहिँ लिनुपर्छ ।’

प्रधानमन्त्रीले अन्य मुलुकबाट ऋण लिएजस्तै चीनबाट लिइने र त्यो धेरै रकम नहुने समेत बताए । उनले त्यस्तो रकम प्रतिफल दिने क्षेत्रमा मात्र लगानी गरिने समेत बताए ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्