Logo
६ बैशाख २०८१, बिहीबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन बोर्डले ७ वटै प्रदेशमा कार्यालय विस्तार गर्न खटायो कर्मचारी

नेपाल पर्यटन बोर्डले प्रदेश स्तरीय कार्यालय विस्तारका लागि आवश्यक तयारी गर्न सात वटै प्रदेशमा कर्मचारीलाई फिल्डमा खटाइएको छ ।

नेपाल पर्यटन बोर्डले अब बोर्डले सात वटै प्रदेशमा आफ्नो कार्यालय खोल्ने तयारी थालेको छ ।७ वटै प्रदेशमा खटिएका कर्मचारीले १० दिनसम्म आवश्यक तयारीसहित केन्द्रमा प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बोर्डले कार्यालय स्थापना गर्ने बोर्डले जनाएको छ ।

यद्यपि सातै प्रदेशमा कार्यालय स्थापनाका लागि बोर्डले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त रकम अपुग हुने अवस्था आएमा तालुक मन्त्रालयसँग प्रत्येक प्रदेशका लागि एक-एक करोड रुपैयाँ बजेट माग गरिएको जनाइएको छ ।

अहिले प्रदेशमा खटिएका कर्मचारीले कार्यालय रहने स्थान तय गर्नेछन् । त्यसपछि केन्द्रबाटै प्रदेशमा कर्मचारी खटाउने तयारी बोर्डले गरेको स्रोतले जाकारी दिएको छ ।

यद्यपि बोर्डको यस निर्णयमा भने असुन्तुष्टि रहेको बोर्डका एक सन्चालकले जानकारी दिए ।बजेट अभावका बाबजुत प्रदेश कार्यालय स्थापनाको प्रक्रिया थालेको भन्दै असन्तुष्टि बढेको हो ।

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्