Logo
८ बैशाख २०८१, शनिबार
(January 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा देखाए कालो झण्डा

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपरधाममा युवाहरुले कालो झण्डा देखाएका छन् ।

नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले आज सोमबार कालो झण्डा देखाएका हुन् ।

जसपाले रेल्वे स्टेशनमा संसद विघटनविरुद्व आयोजना गरेको विरोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।

चुनावभन्दा अघि शहीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।

संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

 

 

प्रकाशित मिति: Jan 11, 2021

प्रतिक्रिया दिनुहोस्