Logo
१२ बैशाख २०८१, बुधबार
(January 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : यो दिशामा सिरानी बनाउँदा हामीलाई कहिल्यै हुँदैन धनको कमी !

हाम्रो समाजमा हरेक किसिमका नियम बनाएको हुन्छ । त्यस्तै गर धर्म शास्त्रमा पनि मानिसलाई अनुशानसँग जीवन बिताउनको लागि हरेक कुराको नियम बनाएका हुन्छन् ।

हिन्दु धर्मशास्त्रमा हरेक कार्यको नियम बनाइएको पाइन्छ । धर्म र अनुशासनको नियमले हरेक कार्यलाई बाँधिएको छ ।

शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुपर्ने हुन्छ । कुन दिशामा सिरानी राखेर सुत्दा कस्तो लाभ हुन्छ भन्ने कुरा हिन्दु धर्म शास्त्रमा उल्लेख भएको पाइन्छ । ।

पूर्व दिशा
बास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ ।

पश्चिम दिशा
पश्चिम दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पनि बढ्ने विश्वास गरिन्छ ।

दक्षिण दिशा

दक्षिण दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । दक्षिण दिशामा सिरानी राख्दा जीवनमा धन, खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । साथै, यसरी सुत्दा सकारात्मक उर्जा समेत प्राप्त हुन्छ ।

उत्तर दिशा

यसैगरी, उत्तर दिशामा सिरानी राखेर सुत्नु हिन्दु धर्म शास्त्रमा खतरनाक मानिन्छ । यो दिशामा सिरानी राख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने बताइन्छ ।एजेन्सी

 

प्रकाशित मिति: Jan 11, 2021

प्रतिक्रिया दिनुहोस्