ओली भन्छन् : ‘पार्टी बैठकमा नआएर हामी यहाँ छौं भन्दै हिड्ने भगौडाको कुरा नसुन्नुहोस्’
प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दाहाल-नेपाल समुहलाई भगौडाको संज्ञा दिएका छन् ।
शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न आम सर्वसाधारणलाई आग्रह गरेका छन्।
तपाईँले पार्टी छोडेर हिँडेका, गाली गर्दै हिँडेका केही भगौडाको कुरा सुन्नु भएको होला। त्यो कुरासँग प्रभावित हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठकमा नआएर अन्यत्र९अन्यत्र भागेर हामी यहाँ छौं भन्दै हिड्नेको कुरा सुन्नु पर्दैंन।’
उनले उनीहरू बैठकमा नआएर कहाँ गए भन्दै हेरेको त बाटामा बसेर हामी यहाँ छौँ पो भनिरहेका छन् भनेर दाहाल नेपाल समूहको व्यङ्ग्य गरेका छन्।
‘पार्टी केन्द्रीय कमिटीको बैठकमा नगएर सडकमा गएर गाली गलौज गरेर, मुख छाडेर पत्र पत्रिकामा लेखाएर सभ्यता केही छैन’, उनले भने, ‘दाहाल(नेपाल अघि अघि लागेका जुलुसमा सँगै अश्लिल गालीका नाराहरू लाग्छन्।
दाहाल(नेपाल समूह गाली गलौजमा उत्रिएको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई दन्त मझान गर्न आवश्य नरहेको बताए। ‘हामीलाई गाली गलौज गर्ने फुर्सद छैन। देश बनाउन हिँडेका छौँ। उहाँहरूसँग दन्तमझान गर्ने फुर्सद छैन,’ उनले भने।
उनले आफू तिचोटी मृगौला फेरेर देशको विकासको लागि बचेको पनि जनतासामु बताएका छन् । उनले त्यही अनुसार विकास पनि गरिरहेको दावी गरेका छन् ।