Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु, १ घाइते

प्रदेश नं १ स्थित पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आज बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ रविबाट गोलिया बोकेर झापाको दमकतर्फ गइरहेको ना३ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ-४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो ।

ट्रक आफैँ अनियन्त्रित भई इलामको माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा सडकबाट करीब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सहचालक राईलाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्