Logo
४ श्रावण २०८२, शनिबार
(January 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 प्रधानमन्त्री ओली आज धनगढी जादैँ

प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन् ।

ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले राखेको विशाल जनसभा सम्बोधन गर्न ओली आज धनगढी जानलागेका हुन् ।

पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम ९ओली समूह० को तयारी छ । जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। जसको असर पार्टीभित्र परेको छ र दुई भिन्न समूह क्रियाशील छन्।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ । नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा ७ जना मात्रै छन् ।

 

प्रकाशित मिति: Jan 8, 2021

प्रतिक्रिया दिनुहोस्