Logo
८ बैशाख २०८१, शनिबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउथ फिल्मका यी हुन् ६ महँगा अभिनेत्री, जान्नुहोस् कस्को पारिश्रमिक कती ?

भारत एक बहु जाती बस्ने देश हो । यहाँ धेरै प्रकारका जात बस्ने गर्छन् र त्यही अनुसारको समाज विकास भएको हुन्छ ।

भारतमा मनोरञ्जन क्षेत्रमा पनि बलिउड भात्र नभइ साउथ फिल्म इन्डस्ट्री फिल्म पनि रहेको छ । साउथ इन्डियन फिल्म पुरा भारतमा मात्र नभई अन्य देशमा पनि निकै चर्चा हुने गर्छ ।

यो फिल्म अहिलेको युवाहरुको रोजाई बस्न सफल भइरहेको छ । किन भने बढी साउथ फिल्ममा याक्सन हुने गर्छ । बलिउडपछि साउथ फिल्म इन्डस्ट्री भारतको दोस्रो सबैभन्दा ठुलो फिल्म इन्डस्ट्री हो।

जसका कारण पनि चर्चा निकै हुनेगर्छ । साउथ फिल्ममा काम गर्ने अभिनेत्रीको पनि लोकप्रियता निकै रहेको छ ।

साउथ फिल्ममा अभिनय गर्ने अभिनेत्रीहरुको बलिउड बजारमा पनि राम्रो माग हुने गर्छ । जसका कारण उनीहरु फिल्ममा काम गर्न धेरै रकम लिन्छन्।

कतिपय अभिनेत्रीको प्रोफाइल बलिउड अभिनेत्री भन्दापनि धेरै माथि रहेको छ । आज हामी तपाइलाइै साउथ फिल्मका नेही महँगा अभिनेत्रीको बारेमा चर्चा गर्दै छौ ।

1 .नयनतारा :

साउथ इन्डस्ट्रीको टप टेन अभिनेत्रीमा नयनतारा पर्ने गछिन् । लोकप्रियताको मामलामा नयनतारा साउथको अभिनेतालाई टक्कर दिन्छिन्। उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । उनी एक फिल्मको लागि पाँच करोड रुपैँयासम्म पारिश्रमिक लिन्छिन्। उनी तमिल फिल्म इन्डस्ट्रीको सबैभन्दा महँगो अभिनेत्री हुन्

2.काजल अग्रवाल :

साउथ इन्डस्ट्रीको टप टेन अभिनेत्रीमा काजलको नाम सबैभन्दा अग्रस्थानमा रहेको छ । हालै उनले बिजनेसम्यान गौतम किचलूसँग बिहे गरेकी हुन्।

उनले तमिल, तेलुगु सहित हिन्दी फिल्ममा पनि काम गरिसकेकी छन्। उनी आफ्नो एक फिल्मको लागि तीन करोड लिन्छिन्। बलिउडमा उनले अक्षय कुमार र अजय देवगन जस्ता हिरोसँग पनि अभिनय गरिसकेकी छन्

3.सामन्था अक्किनेनी :

आफ्नो अभिनय र फेशनको लागि चर्चित अभिनेत्री सामन्था अक्किनेनी पनि निकै पैसा लिन्छिन्। उनले एक फिल्मको लागि करिब २ करोड रुपैँया लिन्छिन् । बिहेपछि उनले प्रोफेशनल लाइफमा पनि निकै सक्रिय रूपमा लागेकी छन् ।

4.तमन्ना भाटिया :

तमन्नालाई साउथ इन्डस्ट्रीको सबैभन्दा सुन्दर अभिनेत्री मानिन्छ। उनी एक फिल्मको लागी २ करोड लिन्छिन्। उनले तमिल, तेलुगुको साथसाथै हिन्दी फिल्ममा काम गरिसकेकी छन्।

5.हंसिका मोटवानी 

हंसिकाले हिन्दी फिल्ममा पनि काम गरेकी छन् तर उनले हिन्दी फिल्ममा सफलता पाईनन्। त्यसैले उनी अधिकतर तमिल र तेलुगु फिल्ममा धेरै काम गर्छिन्। उनले एक फिल्ममा काम गर्नको लागी १ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन्।

6.तृषा कृष्णन

तमिल, तेलुगु र हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री तृषा कृष्णन एक फिल्मको लागि डेढ करोड लिन्छिन्। उनले तमिल र तेलुगू भाषाको फिल्ममा धेरै काम गरेकी छन्। हिन्दी फिल्ममा भने उनको करियर जम्न सकेन ।एजेन्सीको सहयोगमा

 

 

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्