Logo
८ बैशाख २०८१, शनिबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्रीसहित ८ जनासँग दाहाल-नेपाल समूहले माग्यो २४ घण्टे स्पष्टिकरण

नेकपाको दाहाल -नेपाल समुहले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जना मन्त्रीसँग २४ घण्टे स्पष्टिकरण मागेको छ ।

ओली समूहले प्रमुख सचेतकलाई जानकारी नदिई मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै गत बिहीबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ मध्ये १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

सो कारवाही गरेको एक सातापछि बुधबार दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

पार्टीको विधान विपरीत काम गरेकाले स्पष्टिकरण सोधिएको छ यदि जवाफ पेश नगरे निलम्बन हुन सक्छ भनेर नेकपा दाहाल-नेपाल समुहका एक नेताले भनेका छन् ।

स्पष्टिकरण सोधिएकालाई दाहाल-नेपाल समूहले निलम्बन गर्ने तयारी गरेको छ ।पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत काम गरेको भन्दै प्रचण्ड माधव समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री, हिक्मत कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका बुद्घिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, विमल कार्की र अम्बिका थापालाई स्पष्टिकरण सोधेको हो ।

हालसम्म ओली समूहमै रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतलाई भने स्पष्टिकरण सोधिएको छैन ।

गत १५ पुसमा दाहाल-नेपाल समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरेको थियो ।

१९ पुसमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई जिम्मेवारीबाट हटाएको थियो ।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्