Logo
१३ बैशाख २०८१, बिहीबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु बैंकद्वारा जिल्ला अस्पताल ईलामलाई ५ लाख आर्थिक सहयोग

प्रभु बैंकले जिल्ला अस्पताल ईलामलाई ५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्रभु बैंकको ईलाम शाखा कार्यालयले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।

मिति २०७७/०९/१९ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक श्री रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप पाँच लाखरुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्री होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य श्री ईन्दिरा राई, समाजसेवी श्री हिमाल कर्मचार्य र समाजसेवी श्री रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रभु बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ ।

साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरा समेत अनुरोध छ ।

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्