Logo
१२ बैशाख २०८१, बुधबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुटु देखि क्यानसर रोगको जोखिमबाट बचाउने फाइबरको जान्नुहोस् थप फाइदा !

google pic

अहिले देशैभरी जाडो बढेको छ । अझ काठमाडौमा त जाडोसँगै वायु प्रदुषण पनि खतराको तहमा पुगेको छ । यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको ख्याल गर्न अति आवश्यक मानिन्छ ।

जाडो मौसमा हामीलाई स्वास्थ्यमा धेरै समस्याहरु देखिने गर्छन् । हाम्रो शरीरमा पनि जाडोमा छाला देखि पाचन प्रणालीमा समेत समस्या देखिने गर्छ र यस्तो मौसमा शरीरको आवश्यकतामा पनि परिर्वन आउने गर्छ । जाडोमा हामीले आफ्नो शरीरमा चाहीने पोषक तत्व सन्तुलित तरिकाले खानु पर्छ ।

यदि पोषण तत्व असन्तुलन हुन गयो भने हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति कम हुन जान्छ फल स्वरुप हाम्रो शरीरमा धेरै प्रकारका जटिलताहरु देखिन थाल्छ ।

प्राय मानिसलाई जाडो मौसमा पाचन प्रणालीसँग सम्वन्धीत समस्या आउने गर्छ । धेरै जसोलाई जाडोमा कब्जीयतको समस्या मुख्य हुने गर्छ ।

किन भने हामीले जाडोमा पानी कम खाने गर्छौ जसको कारण हाम्रो शरीरमा क्यालोरिको मात्रा बढी हुन्छ अनि त्यहि अनुसार हामीले शारीरिक श्रम पनि गर्दैनौ फलस्वरुप हाम्रो शरीरमा शक्ति सञ्चय हुन पुग्छ त्यसपछि हामीलाई बढी समस्या आउने गर्छ ।जाडो मौसममा हाम्रो शरीरलाई फाइबरको आवश्यकता बढी हुने गर्छ ।

त्यसकारण हामीले जाडोमा फाइबरयुक्त खाना खान एकदम जरुरी छ । फाइबर हरियो पत्ता भएका सागसब्जीमा पाइने एक प्रकारको कार्बोहाइड्रेट हो ।सामान्यतया फाइबर दुइ प्रकारको हुने गछन्

१.सोलुबल फाइबर ती हुन् जसलाई हामी निकै सजिलै चपाउन सक्छन् । जस्तैः स्याउ, अम्बा इत्यादि ।

२. इन्सोलुबल फाइबर त्यो हुन्छ जसलाई हामी चपाउँछौं तर त्यसपछि पनि त्यो रेसाको रुपमा बसिरहन्छ जस्तै शख्खरखण्ड ।

– हामी खानमार्फत् दुई प्रकारको फाइबर लिन्छौं । यदि तपाईं आफ्नो खानालाई स्वस्थ बनाउन चाहन्छौं भने त्यसमा फाइबरलाई कुनै पनि हालतमा संलग्न गर्नुहोस् । धेरैजसो फाइबरयुक्त खानामा आवश्यक पौष्टिक तत्वको भरपुर मात्रा पाइन्छ । जुन हाम्रो शरीरका लागि थुप्रै अवस्थामा आवश्यक हुन्छ ।

फाइबरका  स्रोतः

सौफ, दाल, अंजिर, जिरा, भुटेको सेतो तिल, ज्वानो, गहुँको चोकर

फाइबरका ५ फाइदाः

1. कब्जियतको समस्या हटाउँछः

खानामा अत्यधिक फाइबर समावेश गर्दा पाचन क्रिया पनि बलियो रहन्छ । यसले कब्जियतजस्ता समस्याबाट छुटकारा दिलाउँछ । डा। निधिका अनुसार फाइबरले हाम्रो शरीरमा ब्रसको काम गर्छ । यसले शरीरको सबै टक्सिक लोडलाई कम गर्नु हो ।

2.मुटुका लागि फाइदाजनकः

यदि शरीरमा कोलेस्ट्रोलको स्तर बढी छ भने यो मुटुका लागि निकै खतरनाक हो । यसका कारण मुटुसँग जोडिएका रोग पनि निम्तिन सक्छ । फाइबरयुक्त खाना खाँदा कोलेस्ट्रेल नियन्त्रणमा हुनेछ । शोधमा पाइए अनुसार उच्च फाइबर भएका खानालाई डाइटमा समावेश गर्दा मुटुरोगको सम्भावनालाई कम त गर्छ नै यसले मुटुलाई थप बलियो पनि बनाउँछ ।

3. क्यान्सरको जोखिममा कमीः

विभिन्न शोधमा सार्वजनिक भए अनुसार फाइबरलाई डाइटमा समावेश गर्दा कोलोरेक्टल क्यान्सरको खतरा कम हुनेगर्छ । फाइबरयुक्त धेरैजसो फलफूल तथा सागसब्जी एन्टिअक्सिडेन्ट र फोटोकेमिकलले भरपुर हुन्छ जसले क्यान्सरको जोखिमलाई ३० देखि ४० प्रतिशतसम्म कम गर्छ ।

 4.तौल घटाउन मद्दत गर्छः

हाम्रो शरीरले फाइबरलाई पचाउँदैन । यो हाम्रो आन्द्रामा लामो समयसम्म रहन्छ । यसले हाम्रो पेटलाई धेरै समयसम्म फूल राख्छ र यतिबेला हाम्रो शरीर कम क्यालोरी बर्न गर्छ । यतिबेला हामीलाई खासै धेरै भोक लाग्दैन वा आवश्यकताभन्दा बढी हामी खाँदैनौं ।

यसैकारण तौल घटाउनका लागि डाक्टर तथा डाइटिसियनले हरियो पत्तेदार सागसब्जी र सलाद खान सल्लाह दिन्छन् । तपाईं आफ्नो खानामा फाइबरयुक्त फल र सागसब्जी समावेश गर्न सक्नुहुन्छ । यसले तौल घटाउन निकै मद्दत गर्नेछ ।

5.रक्तचाप र सुगरका लागि प्रभावकारीः

उच्च रक्तचापको समस्या साधारण स्वास्थ्य समस्यामध्ये एक हो । यसका कारण हृदयघातको जोखिम बढ्ने गर्छ । फाइबरले भरिपूर्ण खानाले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले रक्तचाप मात्रै नभई ब्लड सुगर पनि नियन्त्रणमा राख्छ ।एजेन्सी

 

 

 

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्