Logo
७ बैशाख २०८१, शुक्रबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविका स्नातका तहका परीक्षा माघ १८ गतेदेखि हुने

त्रिविका स्नातका तहका परीक्षा माघ १८ गतेबाट हुने भएको छ  ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधबार एक सूचना जारी गर्दै २०७७ माघ १८ गते देखि विभिन्न संकायका वार्षिक परीक्षा सञ्चालन हुने जानकारी दिएको छ ।

त्रिविले ३/४ वर्षे स्नातक तह तेस्रो वर्षको मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षका नियमित, प्राइभेट, पूरा, आंशिक र मौकासमेतका साथै पाँच वर्षे विए एलएलवि पूरा, आंशिक र ३ वर्षे विए एलएलवि दोस्रो वर्षका नियमित परीक्षा संञ्चालन हुन लागेको जानकारी दिएको छ ।

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्