Logo
८ बैशाख २०८१, शनिबार
(January 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुम्लामा भारी हिमपातसँगै जनजीवन कष्टकर, हवाई सेवा बन्द

कर्णाली प्रदेश स्थित हुम्लामा हुम्लामा भारी हिमपात भएपछि जनजीवन थप कष्टकर भएको छ।

हुम्ला जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् ।हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको छ।

हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।

हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ ।

वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज सामन्यतया दिनभर बदली रहने र देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने छ ।पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भइ विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

प्रकाशित मिति: Jan 4, 2021

प्रतिक्रिया दिनुहोस्