Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ हजार घुष लिएको भन्दै इलाका प्रहरी हरिनगराका प्रमुख सहित २ प्रहरी गिरफ्तार

प्रदेश १ स्थित सुनसरी जिल्लाको हरिनगर गाउँपालिमा इलाका प्रहरी प्रमुख सहित २ जना पक्राउ परेका छन् ।

एक जना प्रहरी हल्दारले घुष बापत लिएको अख्तियारको योजात्मक रकम सहित २ प्रहरी अख्तियारको फन्दामा परेका हुन् ।

प्रहरी हल्दार भोला यादवले लिएको अख्तियारको
योजनात्मक घुष रकम सहित पक्राउ परेका हुन् भने घुष खान सघाएको भन्दै अनुसंधानका लागि प्रहरी न्याब निरीक्षक (सैय) गयाधर गोइतलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

यादवले घुष बापत लिएको रकम राख्न दिएको भनिएको स्थानीय पसले बिनोद साहलाई भने पक्राउ गरिरहदा बजारवासीले अवरोध गरेपछि छाडिएका छन् ।

घुष खान स्थानीय ब्यापारीले पनि सघाएको अख्तियार कार्यालय इटहरीको आरोप रहेको छ ।

प्रदेश १ स्थित अख्तियार दुरुपयोग अनुसंधान आयोगको इटहरी टोलीले पहिला यादव र त्यसपछि गोइतलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय हरिनगराका प्रहरी प्रमुख गोइत र सोही कार्यालयमा कार्यरत हल्दार यादवले भारतबाट मालसमान ल्याउन सहजीकरण गरिदिने भन्दै घुष लिएका थिए ।

उनलाई रङ्गे हात पक्राउ गर्ने उदेश्यका साथ ६ हजार रुपैयाँ दिने योजना अख्तियारले बनाईएको थियोे भने घुष वापत लिएको उक्त रकम यादवले स्थानीय ब्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा पक्राउ गरिएको आयोगको कार्यालय इटहरीका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

अधिकारीका अनुसार उक्त रकम खाजा पसल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा पक्राउ गरिएको हो ।

रकम सहित दुबै जनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । साहलाई पक्राउ गर्दा स्थानीयले अवरोध गरेपछि उनलाई पक्राउ गरिएको छैन ।

यता पक्राउ परेका इलाका प्रहरी कार्यालय प्रमुख समेतका विषयमा केहि थाहा नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्