Logo
४ बैशाख २०८१, मंगलबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा हराएका बालकको शव हत्या गरी गाडिएको अवस्थामा फेला, ५ पक्राउ

प्रदेश नं २ स्थित धनुषामा दुई दिनदेखि बेपत्ता ५ वर्षीय बालकको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको बिदेह नगरपालिका-२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी जानकारी दिएको छ ।

प्रहरी अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरी भने ‘सुरुवाती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ तर अहिले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौं ।रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।’

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपु५ भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्