Logo
७ बैशाख २०८१, शुक्रबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाइयो

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा दाहाल-नेपाल समुहले प्रदेश नं १ को संसदीय दलको नेताबाट हटाएको छ ।

दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री राईविरुद्ध गत आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको दाहाल-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।संसद् विघटनपछि नेकपा दुई खेमा भएका छन् र त्यसको असर प्रदेशमा पनि परेको छ ।

हिजो मात्र बाग्मती प्रदेशको मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट हटाएको थियो दाहाल नेपालसमुहले त्यसको भोलिपल्टै प्रदेश नं १ को मुख्य मन्त्रीलाई संसदीय दलको नेताबाट हटाएको छ ।

अहिलेको बर्तमान अवस्थालाई हामीले केलाएर हेर्दा खेरी देश फेरी राजनीति अस्थिरतामा पुगेको अवस्था देखिन्छ ।  देश फेरी ठूलो दुर्घटना तिर जान लागेको होकी जस्तो भान हुन थालेको छ ।

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्