Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

नेकपा प्रचण्ड-माधव पक्षले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड- माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।

संसद् विघटन भएसँगै नेकपा दुई खेमा भएको छ र त्यसको असर प्रदेशमा पनि देखिएको छ । अहिले प्रदेशमा पनि अविस्वासको प्रस्ताब ल्याउने अनि मन्त्रीलाई हटाउने लहर नै देखिएको छ ।

प्रकाशित मिति: Dec 30, 2020

प्रतिक्रिया दिनुहोस्