Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविश्वासको प्रस्ताव दर्ता भएपछी मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

संघीय राजधानी समेत रहेको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका छन् ।
अविश्वासको दर्ता भएपछी मुख्यमन्त्री पौडेलले आफ्नो अधिकार भित्र पर्ने संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका हुन् ।

दाहाल-नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलका नेतासमेत रहेको पौडेलले मंगलबार पदमुक्त गरेका हुन् ।

साथै “संसद पदबाट नै तपाईंलाई कारवाही किन नगर्ने?” भन्दै स्पष्टिकरण समेत सोधेका छन् ।
उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले
बताए ।

पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए ।

वाग्मती प्रदेशमा नेकपाको कुल ८० मत रहेको भए पनि प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री पौडेलसँग ३४ र दाहाल–नेपाल समूहसँग ४६ मत रहेको छ ।

नेकपाको दाहाल-नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्