Logo
७ बैशाख २०८१, शुक्रबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा भौतिक पूर्वाधारमन्त्री बोहरा बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्रीले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई आज बर्खास्त गरेका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।बोहरा केपी शर्मा ओली निकट हुन् ।बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा दुई खेमामा विभाजन भएको छ । र त्यसको असर प्रदेश सरकारमा पनि देखिएको छ । अहिले प्रदेश सरकारमा पनि ओली र प्रचण्ड–नेपाल पक्षबीच समस्या देखिएको छ ।

 

 

 

प्रकाशित मिति: Dec 29, 2020

प्रतिक्रिया दिनुहोस्