Logo
१३ बैशाख २०८१, बिहीबार
(December 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँग चारबूँदे सम्झौता : उखु किसानहरुको आन्दोलन स्थगित

पछिल्लो लामो समौयदेखि जारी उखु किसानहरुको आन्दोलन स्थगित भएको छ ।

पछिल्लो केही दिनदेखि संघीय राजधानी काठमाडौंको माइतीघरमा प्रदेश २ स्थित सर्लाहीका उखु किसानहरुले आन्दोलन जारी राखेका थिए ।

आन्दोलनरत किसान र सरकारबीच सोमबार ४ बुँदे सहमति सहमति भएको छ ।

सोमवार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

सहमति भएसँगै मंगलवारदेखि धर्ना र आन्दोलन पनि रोकिने प्रवक्ता रेग्मीले बताए ।

भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो ।

यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ ।

यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

उखु किसानहरूले गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलन गर्दै आएका थिए । भने राजपा नेता राकेश मिश्राले उक्त आन्दोलनको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्