Logo
१२ बैशाख २०८१, बुधबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उखु किसानको आन्दोलन स्थगित हुँदै, उद्योग मन्त्रालयमा वार्ता

विगत १६ दिनदेखि काठमाडौंस्थित माइतीघर मण्डालामा आन्दोलनरत उखु किसानको आन्दोलन स्थगित हुनेभएको छ । आन्दोलनरत उखु किसानहरुलाई उद्योग तथा वाणिज्य मन्त्रालयले सोमवार वार्ताका लागि बोलाएको छ ।

उखुको बाँकी रकम भुक्तानीको माग राख्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानहरूलाई दिउँसो ३ बजे वार्ताका लागि बोलाइएको मन्त्रालयलका प्रवक्ता नारायण प्रसाद रेग्मीले जानकारी दिए ।

किसानहरूले उद्योगीहरूबाट ९० करोड रुपैयाँ लिन बाँकी छ । तर पछिल्लो समय अन्य आन्दोलनहरु हुन थालिएपछि किसानहरुको आन्दोलन स्थगित हुने भएको हो ।

यता उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले मन्त्रीका निजी सचिवले फोन गरी वार्ताका लागि बोलाएको बताए । उनले भने, ‘हामीलाई वार्ताका लागि वातावरण बन्दै गरेको भन्दै मन्त्री ज्यूका निजी सचिवले फोन गरेका छन् ।’

उनले आफूहरूले राखेको मागमा उनीहरू सकारात्मक भएको भन्दै दिउँसोसम्ममा माग पूरा गर्ने खबर आएमा वार्ताका लागि जाने बताए ।
उनले भने, ‘वार्ता बस्नु पहिले उहाँहरूले हामीले राखेको मागबारे निष्कर्ष निकाल्नुहुन्छ, माग पूरा हुने देखिएमा हामी वार्तामा जान्छौं ।’

कुरा मिले आजैदेखि आन्दोलन रोकिने समेत उनले बताए । आन्दोलनरत किसानहरूले सुनिश्चितता, सबै रकम भुक्तानी तथा भुक्तानी नगर्नेलाई कानूनी उपचार तत्कालै गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्