Logo
७ बैशाख २०८१, शुक्रबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सरकारका मन्त्रीहरुलाई बहिस्कार गर्ने निर्णय

बागमती प्रदेश अन्तरगत नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटीको आइतबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धीहरू नै जोखिममा परेको ठहर गर्दै संविधानमाथिको हमलाप्रति भर्त्सना पनि गरिएको छ ।

जारी प्रेस विज्ञप्तीमा भनिएको छ ‘कमरेड दावा तामाङ्ग प्रतिगामी कित्तामा पुग्नुभएको छ । असंवैधानिक सरकारका मन्त्री सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा सहभागी नहुन, तदनुरूपको व्यवहार गर्न मातहतका पार्टी कमिटी, स्थानीय सरकार र आम जनसमुदायमा अनुरोध गर्दछौं ।’

कमिटीको निर्णयमा असंवैधानिक कदमको दृढतापूर्वक प्रतिरोध गर्दै उपलब्धीहरूको रक्षाको निम्ति पार्टी केन्द्रीय कमिटीबाट घोषित १४ गतेको प्रदर्शनमा भाग लिन काठमाण्डौ जानेलगायत सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन मातहतका कमिटी र आम जनसमुदायलाई अपिलसमेत गरिएको छ ।

अध्यक्ष झम्क नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अवैधानिक सरकारको कथित मन्त्री पद स्वीकार गरी आन्दोलन,पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ्ग प्रतिगामी कित्तामा पुग्नुभएको छ ।

त्यसैले नेकपाबीचमा रहेको सम्पूर्ण सम्बन्धहरूलाई स्वतः भंग भएको छ । असंवैधानिक सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा सहभागी नहुन, तदनुरूपको व्यवहार गर्न मातहतका पार्टी कमिटी, स्थानीय सरकार र आम जनसमुदायमा अनुरोध गर्दछौं ।’

प्रेस विज्ञप्ती : 

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्