Logo
६ बैशाख २०८१, बिहीबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज राष्ट्र बैंकले २ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैङ्कले आज बोलकबोल प्रक्रियाका माध्यमबाट दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ ।

राष्ट्र बैङ्कले बोलकबोल प्रक्रियाका माध्यमबाट दुई अर्ब १० करोड बराबरको परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ ।

बैङ्कका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।

सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ ।बैङ्कले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति: Dec 28, 2020

प्रतिक्रिया दिनुहोस्