Logo
१३ बैशाख २०८१, बिहीबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलिया मेरो प्रेमिका मात्र हो महामारी नभएको भए हाम्रो विवाह भइसक्थ्यो : रणबीर

रणबीर कपूरका अनुसार कोरोनाभाइरसको महामारी नआएको भए अहिलेसम्मको उनको विवाह भइसक्थ्यो । उनले यो खुलासा पत्रकार राजीव मसन्दलाई दिएको अन्तरवार्तामा गरेका हुन् ।

उनले पहिलोपटक सार्वजनिकरुपमा आलिया भट्टलाई आफ्नो प्रेमिका पनि बताए । उनले भने, ‘तपाईंलाई थाहा छ मेरी प्रेमिका आलिया ओभर एचिभर हुन् । उनले गिटारदेखि लिएर स्क्रिन राइटिङसम्म सम्भवतः हर अनलाइन क्लास लिएकी छन् । उसको अगाडी म आफूलाई अन्डर एचिभर महसुस गर्छु ।’

रणबीर भन्छन्, ‘यदी महामारीले हाम्रो जीवनमा हमला नगरेको भए मेरो विवाह भइसकेको हुन्थ्यो । तर म यसलाई अभागी भन्न चाहन्नँ । म चाँडै आफ्नो जीवनको यो लक्ष्य पनि पूरा गर्नेछु ।

अन्तरवार्तामा रणवीरले पिता ऋषि कपुरसँग बिताएको पछिल्लो दुई वर्ष सम्झिएर निकै भावुक बने । उनले भने, ‘उनको मृत्यु अघि दुई वर्ष मैले उनीसँग धेरै समय बिताएँ ।

उनीसँग होटलमा बस्न, त्यहाँबाट केमोथेरापीका लागि अस्पताल जान । उनको नजिक रहन । यो सबै चाँडोचाँडो भइरहेको थियो । यसले मेरो जीवनमा कस्तो प्रभाव पार्यो भनेर म शब्दले बयान गर्न सक्दिनँ । तर, मलाई थाहा छ कि मेरो जीवनमा उनको ठूलो प्रभाव छ ।’

रणवीरले सन् २०२० आफ्नो लागि निकै कठिन भएको बताए । उनले यो वर्ष आफ्नो पितालाई गुमाएका थिए । ऋषि कपुरको गत ३० अप्रिलमा निधन भएको थियो ।

दैनिक भास्कर

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्