Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुविधाजनक बहुमतका साथ प्रदेश सभामा अविश्वास प्रस्तावको सामना गर्छुु : शेरधन राई

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रूपमा आएको अविश्वास प्रस्तावलाई असफल बनाउने दाबी गरेका छन् ।

आइतबार आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने राईले बताएका छन् ।

प्रदेश सरकार असक्षम भएर नभइ सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र सङ्घीयतालाई संस्थागत हुन नदिन निर्देशित ढङ्गबाट अविश्वास प्रस्ताव आएको उनको भनाइ छ ।

मुख्यमन्त्री राईले आफूले सफल रूपमा प्रदेशको नेतृत्व गरिराखेको दाबी गर्दै सुविधाजनक बहुमतका साथ प्रदेश सभामा यसको सामना गर्ने बताए ।

मुख्यमन्त्री राईले भने, ‘यसको सामना म आरामले गर्छु, किन आरामले गर्छुभन्दा विवेक भएका माननीय सदस्यहरू प्रदेश सभामा हुनुहुन्छ । उहाँहरूलाई यो बनिबनाउ, निर्देशित, सुनियोजित, चालबाजी हो, गोटी हो भनेर राम्रोसँग थाहा छ ।’

संविधानलाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला नागरिकलाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको उनले बताए ।

आइतबार बिहान प्रदेश सभाका ३६ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन् ।

निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गरेका हुन् । प्रदेश एकमा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड-माधव पक्षमा ४० बढी सांसद छन् ।

यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिइसकेका छन् ।

 

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्