Logo
१३ बैशाख २०८१, बिहीबार
(December 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा बन्यो ‘ब्रेन ट्युमर’ भएकाको जीवन सहज बनाउने कम्प्युटर

सांकेतिक तस्वीर

अमेरिकामा ‘ब्रेन ट्युमर’ भएकाको जीवन सहज बनाउने सफ्टवेयरको विकास गरेको छ । अमेरिकाले एक नयाँ एमआरआई आधारित कम्प्युटर विकसित गरेको हो ।

जुन खतरनाक ब्रेन ट्युमरबाट पिडित व्यक्तिहरुको जिन्दगी बचाउनको लागि सम्भावना बोकेको छ । यसको साथै पर्सनलाइज्ड थेरापी पनि उपलब्ध छ ।

अमेरिकामा बनेको कम्प्युटरले ट्युमरको बाहिरी सतहमा साधारण तरीकाले देखिने स्थानबाट सुचना दिनेछ ।

जसबाट कम आक्रामक क्यान्सरबाट पिडित मानिसहरुलाई बचाउन सम्भावनाहरुको धेरै विश्वसनिय जानकारी लिन सकिनेछ । साथै उनीहरुलाई पर्सनलाइज्ड थेरिपेटिक क्लीनिकल ट्रायल्सको लागि पनि गाइड गर्न सकिने जनाइएको छ ।

यसको अनुसन्धान गर्ने वैज्ञानिक एक भारतीय हुन् । जसको नाम डा। पल्लवी तिवारी हो । यो उनकै हालिया खोज क्लीनकल निष्कर्षमा आधारित छ ।

उनका अनुसार घातक कोशिकाहरु ट्युमरको बाहिरी सतहमा हुन्छ, तर प्रत्यक्ष रुपमा देखिदैन् ।जीबीएम एक सामान्य तथा खतरानाक क्यान्सर हो ।

जुन मस्तिष्कबाट सुरु हुन्छ । जीबीएमका बिरामी मध्ये धेरै मानिसहरु पाँच वर्ष भन्दा धेरै बाच्दैनन् । अन्य क्यान्सरका बिरामीहरुको तरीकाले उपचार गरेर पनि जीबीएमको अर्कै प्रक्रियामा उपचार गर्नुपर्छ ।एजेन्सी

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्