Logo
७ बैशाख २०८१, शुक्रबार
(December 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिसेम्बर २५ : नेपालमा यसरी मनाइयो ‘क्रिसमस डे’

आज डिसेम्बर २५ तारिख,जुन दिनलाई इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिन मनाउने गर्छ ।

यसै अवसरमा विश्व भरिका इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउदैँ छन् । नेपालमा पनि क्रिसमस विभिन्न कार्यक्रम गरि मनाउँदैछन्।

आजको दिनमा हाम्रो उद्धार, मुक्ति, चङगाइ गर्ने मुक्तिदाता यशुको जन्म भएको दिन भनेर खुशियाली मनाउने गर्छन् । आज विशेष गरेर चर्चमा यशुको जन्मदिन मनाउने गर्छन् र एक अर्कालाई गिफ्ट दिने पनि प्रचलन रहेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपतिको विश्वास छ ।

राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।

क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिइएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी यशु ख्रीष्टको सम्झना गरिँदैछ ।

काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

 

प्रकाशित मिति: Dec 25, 2020

प्रतिक्रिया दिनुहोस्