Logo
१२ बैशाख २०८१, बुधबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री कंगना रनौतको बिकिनी लगाएको फोटो बन्यो भाइरल !

बलिउड अभिनेत्री कंगना रनौत सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी छन् । उनले आफ्नो धारणा सामाजिक सञ्जालमा खुलेर राख्ने गर्छिन् त्यसकारण अभिनेत्री कंगना कुनै न कुनै कारणले सामाजिक सञ्जालमा चर्चामा रहने गर्छिन् ।

उनले दैनिक जस्तो शब्दको वाण चलाउने गर्छिन् । कंगनालाई विवादकी रानी भन्दा पनि सायद फरक नर्पला किन भने उनी कुनै न कुनै तरिकाले विवादमा तानिरहेकी हुन्छिन् ।

भारतमा केहिदिन अघि किसान आन्दोलन चर्कीएको थियो त्यसलाई लिएर गायक दिलजीत दोसांझ र प्रियंका चोपडामाथि निशाना बनाएकी थिइन् ।

उनले दुवैजनामाथि किसानलाई भड्काएर गायब भएको आरोप लगाएकी थिइन् । अहिले पछिल्लो समयमा कंगनाले एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जुन फोटोको धेरै चर्चा भइरहेको छ ।

उक्त तस्वीरमा कंगनाले बिकिनी लगाएकी छिन् । समुन्द्रको किनारमा बसेकी छन् । यो तस्वीर सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफ्नो जिन्दगीमध्येको एक एक्साइटेड स्थानमा पुगेको छु, त्यो हो मेक्सिको । सुन्दर, तर एक अप्रत्याशित स्थान ।’

मेक्सिकोको सानो आईलैंन्ड टुलुममा लिएको उनको तस्वीरमा प्रकार-प्रकारका रिएक्शन दिएका छन् । कसैले त उनलाई सिकार गराउने पक्षमा पनि देखिएका छन् । एजेन्सी

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्