Logo
५ श्रावण २०८२, आईतबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका प्रचण्ड-नेपाल समुहले बोलाए आज संसदीय दलको बैठक

नेकपाको प्रचण्ड-नेपाल पक्षले आज संसदीय दलको बैठक डाकेको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ ।

हिजो केन्द्रिय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर उनको ठाउँमा माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड-नेपाल पक्षले आज संसदिय दलको बैठक डाकेको हो ।

यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।

प्रचण्ड-नेपाल पक्षीय सांसदहरुको सोमबार पनि बैठक बसेको थियो । उक्त बैठकमा ९० जना सांसदको उपस्थिति रहेको बताईएपनि ती मध्ये केही सांसदहरु मंगलबारको ओली समुहको बैठकमा पनि सहभागि भएका थिए ।
गएको आइतबार संसद् विघटन भएपछि बर्तमान अवस्थामा नेकपा विघटन भएको छ । ओली र प्रचण्डपक्ष भई नेकपा विघटन भएछि उनिहरुले छुटाछुटै बैठक गरेका छन् ।

हिजो मंगलबार नेकपाका प्रचण्डपक्षका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै रिट दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् ।

रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्