Logo
५ श्रावण २०८२, आईतबार
(December 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

बैठक पार्टी कार्यालय सानेपामा आज पनि दिउँसो १ बजे बस्ने भएको छ ।सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ।मंगलबारदेखि सुरु भएको बैठक अझै केही दिनसम्म चल्ने छ।

कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्। गएको आइतबारको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि उक्त कदमविरुद्ध अबको राजनीति अवस्थामा आफूहरु कसरी जाने भन्ने नै बैठकको मुख्य एजेन्डा रहेको छ ।

हिजो मंगलबार सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको भर पर्न नहुने भन्दै ओलीको कदमविरूद्ध प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रकाशित मिति: Dec 23, 2020

प्रतिक्रिया दिनुहोस्