Logo
५ श्रावण २०८२, आईतबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो । जारी बैठकको अध्यक्षता प्रचण्ड गरेका छन्।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि अहिले नेकपामा दुइ समुह बनेको छ । आज विहान मात्रै नेकपाको ओलीसमुहको केन्द्रिय बैठक बसेको थियो भने अहिले नेकपाकै दाहल र नेपाल समुहको केन्द्रिय बैठक शुरु भएको हो ।

नेकपा भित्र यतिबेला केन्द्रिय कमिटिका सदस्यहरु पनि दुई समुहमा विभाजन भइसकेका छन् ।  उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापाले भने कुनै समुहको पक्षमा पनि देखिएका छैन् ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्