नेकपा ओली समूहले गरे आफूहरु नै वैधानिक भएको दाबी !
परराष्ट्रमन्त्री एवं नेकपाका ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको दावी गरेका छन् ।
आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क रहेको छ ।साथै उनले सबै राजनीतिक दलहरूले भित्रचित्रै निर्वाचनको तयारी थालिसकेको बताएका छन् ।
प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ ।ओली पक्षको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सार्वजनिक खपतका जे-जे कुरा भने पनि लोकतान्त्रिक दलहरूले निर्वाचनलाई नकार्न नसक्ने विश्वास व्यक्त गरे ।
केपी शर्मा ओली संसद्को ६४ प्रतिशत मत प्राप्त सर्वसम्मत संसदीय दलको नेता भएको स्मरण गराउँदै प्रवक्ता ज्ञवालीले नेकपा विभाजित नभएकाले प्रधानमन्त्रीको बहुमत खण्डित नभएको जिकिर गरे ।
बहुमत प्राप्त प्रधानमन्त्रीले काम गर्न अप्ठ्यारो भएको भन्दै जनताको बीचमा जान्छु भन्दा असंवैधानिक देख्नेहरूमा दृष्टिदोष भएको उनको टिप्पणी छ ।
नेकपा विभाजित नभई एकताबद्ध भएको ज्ञवालीले दाबी गरे । बैठकको अध्यक्षता गरेका ओलीले निर्वाचनमा हामी एकताबद्ध भएर जानुपर्छ भनेर अपिल गरेको जानकारी पनि ज्ञवालीले दिए।
मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।