हेर्नुहोस् नेकपाका स्थायी कमिटी सदस्य को कता {सूचिसहित}
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अकस्मात संसद विघटन गरिदिएपछि सत्तारुढ दल नेकपा दुई चिरामा विभक्त भएको छ ।
नेकपा अहिले विधिवत विभाजनतर्फ उन्मुख हुँदा यसका केही नेता कुन पक्षमा लाग्लान् भन्ने खुल्दुली मेटिँदै गएको छ ।
ओली नेतृत्वको नेकपा र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नेकपाले आजै अलग अलग स्थानमा केन्द्रीय कमिटी बैठक बलाएकाले पनि नेकपाको विभाजन औपचारिकतातर्फ उन्मुख भएको छ ।
संसद विघटन र अध्यक्ष दाहालको गतिविधि दुबैसँग सहमत नभएका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापाले दुबै जना आजको बैठकमा कतै पनि नजाने बताएका छन् ।
दुबै नेतालाई आफ्नो खेमामा तान्न ओली र दाहाल दुबै जनाले अन्तिमसम्म पनि प्रयास गरिराखेका छन् ।
सोमबार बोलाएको दुबै पक्षका सांसदको भेलामा उनुपस्थित रहेका उनीहरुले केन्द्रीय कमिटीको बैठकमा पनि नजाने बताका हुन् ।
उता अहिलेसम्म कतै नदेखिनु भएका नेकपा नेता हरिबोल गजुरेल अन्ततः प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने र दाहाल पक्षमै लाग्ने बताएका छन् ।
यस्तै, नेताद्वय मणि थापा र टोपबहादुर रायमाझी भने प्रधानमन्त्री ओली पक्षतिर लागेका छन् । पूर्व माओवादी थापा र रायमाझीले अन्ततः दाहाल शिविर छाड्न लागेका हुन् ।
पूर्वमाओवादीका लेखराज भट्ट यसअघि नै ओलीतिर लागिसकेका छन् । एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल, पूर्वमहासचिव माधव नेपालसहित गौतम पक्षीय नेताहरु पनि दाहाल शिविरमा पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । सम्भवतः आजको केन्द्रीय कमिटी फूटको प्रस्थानविन्दू बन्नेछ ।
प्रधानमन्त्री ओलीलाई सीमित संख्याका पूर्वमाओवादीले साथ दिँदा दाहालको शिविरमा भने पूर्वएमालेका सबैजसो शीर्ष नेता एकत्रित भएका छन् ।
हेर्नुहोस् सूचिसहित :
ओली पक्षधर स्थायी कमिटी सदस्यहरु
अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
मणिचन्द्र थापा
प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरु
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्ट
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत
हरिप्रसाद गजुरेल
तटस्थ
बामदेव गौतम
रामबहादुर थापा बादल